मड्रिड ओपन च्याम्पियन बने आन्द्रे रुवलेभ

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
मड्रिड ओपन च्याम्पियन बने आन्द्रे रुवलेभ

काठमाडौं । मड्रिड ओपन टेनिसको पुरुषतर्फको उपाधि रुसका आन्द्रे रुवलेभले जितेका छन् । उनी पहिलो पटक मड्रिड ओपन च्याम्पियन बनेका हुन् ।

गएराति भएको फाइनलमा रुवलेभले, क्यानडाका फिलिक्स अंजेयाली यासिममाथि तीन सेटको पुनरागमन जित हात पारे । विश्व वरीयताको आठौं स्थानमा रहेका रुवलेभले पहिलो सेट ४-६ ले गुमाएका थिए । ज्वरो आएपछि त्यति फिट नरहेका रुवलेभले बाँकी दुई सेटमा उत्कृष्ट प्रदर्शन गरे । 

दोस्रो सेटमा ३५ औँ वरीयताका यासिमलाई ७-५ ले हराउँदै रुवलेभले खेल बराबरी गरे । तेस्रो सेट पनि ७-५ ले जित्दै रुवलेभ विजेता बनेका हुन् । फाइनल एक घण्टा ४७ मिनेटसम्म चलेको थियो । रुवलेभले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा विश्व नम्बर दुई कार्लोस अल्काराजलाई पराजित गरेका थिए । यो प्रतियोगिता अघिसम्म उनी लगातार चार खेलमा जितविहीन थिए । 

रुवलेभको वर्षको यो दोस्रो उपाधि हो । यस्तै उनको करियरको दोस्रो मास्टर्स वान थाउजेन्ड ट्रफी पनि हो । २६ वर्षीय रुवलेभले आफ्नो जितको श्रेय चिकित्सकलाई दिएका थिए । ज्ववरोका कारण धेरै रात सुत्न नसकेको उनको भनाइ थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.