जसपा संस्थापन पक्षको बैठक जारी, पार्टी फुटेको बारे छलफल हुँदै

वैशाख २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
जसपा संस्थापन पक्षको बैठक जारी, पार्टी फुटेको बारे छलफल हुँदै

जनकपुर । प्रदेश संसदीय कार्यालयमा जसपा संस्थापन पक्षको बैठक बसिरहेको छ । जारी बैठकमा हिजो भएको जसपा विभाजनबारे छलफल भइरहेको पार्टी प्रवक्ता मनिष सुमनले कान्तिपुर टीभीलाई जानकारी दिनुभयो ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेर हिजो मात्रै अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) बनेको छ । अध्यक्ष यादवसँग असन्तुष्टि जनाउँदै जसपाका राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी छाडेर नयाँ पार्टी घोषणा गरिएको हो ।

स्वास्थ्य मन्त्रीसमेत रहनु भएका यादव यतिबेला अमेरिकाको भ्रमणमा हुनुहुन्छ । प्रवक्ता सुमनका अनुसार भ्रमण सकेर उहाँ आजै नेपाल आइपुग्नु हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.