साउदी प्रो लिग : अल-हाजेमको दुई आत्माघाती गोलले अल-इत्तिहाद विजयी

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
साउदी प्रो लिग : अल-हाजेमको दुई आत्माघाती गोलले अल-इत्तिहाद विजयी

काठमाडौं । साउदी प्रो लिगमा अल-इत्तिहादले दुई गोल उपहार पाएपछि अल-हाजेमलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । सालेह अल-अम्रीले २१ औं मिनेटमा गोल गरेपछि इत्तिहादले अग्रता बनाएको थियो ।

 खेलको ५७ औं मिनेटमा पाउलो रिकार्डोले आत्मघाती गोल गरेपछि इत्तिहादले अगता दोब्बर पार्‍यो । तर ६० औं मिनेटमा मोहम्मद अल-थानी र त्यसको ३ मिनेटपछि तोजेले गोल गरेपछि अल-हाजेम खेलमा फर्कियो ।

खेल सकिन केही मिनेट मात्र बाँकी रहँदा आयमेन दाहमेनले गोल गरेपछि अल-इत्तिहाद विजयी भयो । दुई आत्माघाती गोलले अल-हाजेम ३ अंक सुम्पन बाध्य भयो । जितसँगै अल इत्तिहाद २८ खेलमा ५० अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । रिलिगेसनको खतारा रहेको अल-हाजेम १६ अंकसहित पुछारमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.