आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा

काठमाडौं । लन्डन क्लब आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति सम्पन्न खेलमा घरेलु टोली वल्भ्सविरुद्ध २-० को सहज जितसहित आर्सनल शीर्ष स्थानमा पुगेको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोससार्ड र मार्टिन ओडेगार्डले गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा गाब्रिएल जेससको पासमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । स्टपेज टाइमको पाँचौं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलाई २-० को जित दिलाए ।

यो जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलले ३३ खेलमा ७४ अंक जोडेको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटी र तेस्रो स्थानको लिभरपुलले आर्सनलभन्दा १ खेल कम खेलेका छन् । सिटीको ७३ र लिभरपुलको ७१ अंक छ । पराजित वल्भ्स ४३ अंक जोडेर ११ औं स्थानमा छ । प्रिमियर लिगकै अर्को खेलमा ब्रेन्टर्फडले लुटनलाई ५-१ ले पराजित गर्दा बर्नलीले सेफिल्ड युनाइटेडलाई ४-१ ले पराजित गर्‍यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.