म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । बर्नार्डो सिल्भाको लेट गोलको मद्दतमा चेल्सीमाथि १-० को जितसहित सिटी उपाधि नजिक पुगेको हो । सिल्भाले खेलको ८४औं मिनेटमा गोल गरेका हुन् ।

केभिन डी ब्रुइनको क्रस चेल्सीका गोलरक्षक जोर्डजे पेट्रोभिचलले क्लियर गर्न खोज्दा उपलब्ध मौकामा उनले सहजै गोल गरे । वेम्बलीमा खेल अवधिभर सिटीले ६३ प्रतिशत बल नियन्त्रणमा राखे पनि थप गोल गर्न सकेन । पहिलो हाफमा दुबै टोलीले प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनन् ।

अब सिटीले उपाधिका लागि आज हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीचको विजेतासँग खेल्ने छ । ३ दिनअघि च्याम्पियन्स लिगको उपाधि रक्षामा रियल मड्रिड बाधक बनेपछि सिटी अन्तिम ८ बाटै बाहिरिएको थियो । प्रिमियर लिगमा उपाधिका लागि तिब्र प्रतिस्पर्धा हुँदा दोस्रो स्थानको सिटीलाई घरेलु उपाधि जोगाउनु पर्ने चुनौती छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.