एनआरटी विराट गोल्डकपको क्वार्टरफाइनलमा

चैत्र १७, २०८० |कान्तिपुर टीभी संवाददाता
एनआरटी विराट गोल्डकपको क्वार्टरफाइनलमा

काठमाडौं । न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।विभागीय टिम त्रिभुवन आर्मी क्बललाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो ।

एनआरटीको जितमा विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले गोल गरेका थिए । खेलको २६ औं मिनेटमा रिचार्डले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाए । आफिजको क्रसमा रिचार्डले डिबक्स भित्रबाट गरेको प्रहारलले जाली चुमेको थियो । पहिलो हाफमा १-० गोलले अग्रता लिएको एनआरटीले दोस्रो हाफको ७५ औं मिनेटमा दोस्रो गोल थप्यो ।

डिबक्स भित्र बैकल्पीक खेलाडी सुदीप श्रेष्ठले निकालिदिएको पासलाई आफिजले हेडरमार्फत् गोलमा परिणत गरे । आफिजको हेडर आर्मीका गोलकिपर समित श्रेष्ठले पन्च गरेपनि नियन्त्रणमा लिन सकेनन् । बल नियन्त्रणमा लिन नसक्दा गोल गर्नबाट चुक्यो ।

८६ औं मिनेटमा आर्मीका निरजले बल एक्लै अगाडी बढाएर डिबक्स भित्रबाट एनआरटीका गोलरक्षकलाई बीट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । एनआरटीका आफिज ओलावा प्लेयर अफ दी म्याच घोषित भए । जितसागै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डे्रगानसँग प्रतिस्पर्धा गर्नेछ । आज हुने पहिलो क्वाटरफाइनल खेलमा घरेलु टिम सांग्रीला मोरङ फुटबल क्बल र भुटानको आरटीसी एफसी भीड्दैछन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement