आयरल्यान्ड उल्भ्ससँगको पहिलो टी-ट्वेन्टीमा नेपाल-ए २१ रनले पराजित

चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
 आयरल्यान्ड उल्भ्ससँगको पहिलो टी-ट्वेन्टीमा नेपाल-ए २१ रनले पराजित

काठमाडौं । आयरल्यान्ड उल्भ्सविरुद्धको पहिलो टी-ट्वेन्टी खेलमा नेपाल-ए  २१ रनले पराजित भएको छ । आयरल्यान्डले दिएको २ सय २३ रनको विशाल लक्ष्य पच्छ्याएको नेपालले १९ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर २ सय १ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि लोकेश बमले सतकीय पारी खेले पनि जित हासिल हुन सकेन । लोकेशले ५६ बलमा १ सय ६ रन प्रहार गरेका थिए । आरिफ सेखले ४९ रन बनाए । हेमन्त धामी, रसिद खान र कमलसि‌ंग ऐरी शून्य रनमै आउट भए । बसिर अहमदले ३ र किरण ठगुन्नाले २ रन मात्र बनाए । 

लोकेश र आरिफको पार्टनरसिप तोडिएपछि नेपाल जित नजिक पुगेर पनि चुक्यो । आयरल्यान्ड उल्भसका लागि फियोन ह्यान्ड र म्याथ्यु हम्फ्रेयजले समान ३-३ विकेट लिए । यस्तै, म्याथ्यु फोस्टरले २ तथा गाभिन हनी र थोमस मायजले १-१ विकेट लिए ।

टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । आयरल्यान्ड उल्भ्सका लागि पिटर मुरले सर्वाधिक ४९ रनको योगदान दिए । आयरल्यान्डका केड कार्निचेल र नेल रकले समान ३८ रनको योगदान दिए भने स्टेफन डोनीले ३४, गारेथ डेलानीले ३०, ग्याभिन हनीले १८ र रोस एडायरले २ रन बनाए । नेपालका तर्फबाट कमलसिंह ऐरीले तीन विकेट लिए भने सागर ढकाल र आरिफ सेखले १-१ विकेट लिएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement