कान्तिपुर समाचार, १५ वैशाख २०८१

वैशाख १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १५ वैशाख २०८१

आजका मुख्य समाचार

– इलाम र बझाङमा शान्तिपूर्ण रूपमा मतदान / इलाममा ५८ र बझाङमा ५० प्रतिशत मात्र मत खस्यो / इलाममा आजै मतगणनाको तयारी, बझाङमा भोलि । 

– तेस्रो लगानी सम्मेलनको तयारी पूरा / ५५ देशका २ हजारभन्दा बढी लगानीकर्ता सहभागी हुने / पहिलो दिन भोलि लगानीको सम्भाव्यताबारे बहस ।

– ग्राहक बढाउने होडमा सेवा प्रदायकद्वारा जथाभाबी मोबाइल सिमकार्ड वितरण / कल बाइपासदेखि सट्टेबाजीसम्म अवैध सिमकै प्रयोग / दूरसञ्चार प्राधिकरणले नियमन नै गरेन । 

–  गाजाको नुसरत शरणार्थी शिविरमा इजरायलको हवाई आक्रमण / बालबालिकासहित १५ जनाको मृत्यु / गाजाका भग्नावशेष हटाउन १४ वर्ष लाग्ने अनुमान ।

– वेस्ट इन्डिज 'ए' विरुद्धको पाँच खेलको टी-ट्वेन्टी सिरिजमा नेपालको विजयी सुरुवात / क्यारेबियन टोलीमाथि ४ विकेटको जित / कप्तान रोहितको शानदार शतक ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.