नेइमारले छैटौँ पटक जिते साम्बा गोल्ड अवार्ड

माघ २४, २०७९ |कान्तिपुर टीभी संवाददाता
नेइमारले छैटौँ पटक जिते साम्बा गोल्ड अवार्ड

काठमाडौं । नेइमारले छैटौँ पटक साम्बा गोल्ड अवार्ड २०२२ जितेका छन् । विदेशमा खेल्ने उत्कृष्ट ब्राजिलियन खेलाडीलाई सन २००८ देखि यो अवार्ड प्रदान गरिँदै आइएको छ ।

स्ट्राइकर नेइमार हाल फ्रेन्च लिग वान पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यावसायिक फुटबल खेलरिहेका छन् ।

पूर्व खेलाडी, पत्रकार र इन्टरनेट प्रयोगकर्ताको मतका आधारमा नेइमार विजेता बनेका हुन् ।

मनोनयनमा वेस्टह्यमाका लुकास पाकेटा, न्युक्यासलका बु्रनो गिमाराइसहित २० खेलाडी थिए ।

नेइमारले यसअघि सन् २०१४, २०१५, २०१७, २०२० र २०२१ मा पनि यो अवार्ड हात पारेका थिए ।

दुई दिन अघि ३१ वर्ष पुगेका नेइमारले २०२२ मा ४३ खेल खेल्दै ३२ गोल र २० एसिस्ट गरेका थिए ।

उनले पीएसजीलाई लिग वान र फ्रेन्च सुपर कप जिताउन महत्वपूर्ण भूमिका निभाए ।

महिलातर्फ अमेरिकाको क्यान्सस सिटीबाट खेलिरहेकी डाबिन्फाले अवार्ड जितिन् । यसै पटकबाट सुरु गरिएको अन्डर ट्वान्टी विधातर्फ एन्डरिकले अवार्ड जिते । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.