उद्धार र राहतको कामलाई तिब्रताका साथ अघि बढाउन सरकारलाई माओवादी केन्द्रको ध्यानाकर्षण

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
उद्धार र राहतको कामलाई तिब्रताका साथ अघि बढाउन सरकारलाई माओवादी केन्द्रको ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले जनतालाई कम भन्दा कम पीडाको अनुभुति हुने स्थिति बनाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा भेटेर माओवादी केन्द्रले सरकारलाई ध्यानाकर्षण गराएको हो । विपद् पीडितको उद्धार, राहत र पुनःस्थापनाको कामलाई तिब्रताका साथ अघि बढाउन पनि माओवादी केन्द्रले ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षण गराउने क्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विकास नीतिहरु बनाउँदा गम्भीर हुनुपर्ने बताउनु भयो । उहाँले राज्यको सुशासनको कमी र पहुँचवाला जबरजस्तीका कारण पनि जोखिम बढ्दै गएको बताउनु भयो ।

उहाँले सबै एकतावद्ध भएर संकटको सामना गर्नुपर्नै बताउनु भयो । ध्यानाकर्षण पत्र ग्रहण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिको परिस्थितिमा साझा समस्याका रुपमा साझा समाधान निकाल्नुपर्ने बताउनु भयो । उहाँले उद्धार राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि सबै मिल्नुको विकल्प नरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्तिलाई एकजुट भएर पन्छाउन सबैलाई आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement