सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा शपथ ग्रहण

वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा शपथ ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा गोपनियताको शपथ लिनु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाले मुख्यमन्त्री सोडारीलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

एकीकृत समाजवादीको प्रदेश संसदीय दलका नेता सोडारीले सत्ता गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । समाजवादीका ४, एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र गरी २७ प्रदेशसभा सदस्यको समर्थन जुटाएर उहाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम सोडारीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीलाई समर्थन दिएपनि नेकपा एमाले तत्काल मन्त्रीपरिषदमा भने सहभागि नहुने भएको छ ।

यसैबीच नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका पाँच प्रदेशसभा सदस्यले भने मुख्यमन्त्री नियुक्ति असंवैधानिक भन्दै आपत्ति जनाएका छन् ।

यसअघि गत आइतबार नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुख मियाले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुन: मुख्यमन्त्रीमा दाबी आह्वान गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement