कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त हुनु भएको छ । एकीकृत समाजवादीका सोडारीले नेकपा एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा आज मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । प्रदेश प्रमुख मियाँले जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको उल्लेख छ ।
यसैबीच, नेपाली कांग्रेसले प्रदेश प्रमुख मियाँ समक्ष सोडारीलाई गैरसंवैधानिक तरिकाले मुख्यमन्त्री नियुक्त नगर्न भनेको थियो । कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका पाँच सहित २३ जना प्रदेशसभा सदस्यले नियुक्ति नगर्न भन्दै प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाएका थिए ।