शेरबहादुरले भने- खुमबहादुरलाई झुटो मुद्दा लगाएर फसाउन खोजियो

खुमबहादुर खड्का विकासप्रेमी, मिलनसार र जनताले रुचाएका नेता हुन् : देउवा
चैत्र १६, २०८० |कान्तिपुर टीभी संवाददाता
शेरबहादुरले भने- खुमबहादुरलाई झुटो मुद्दा लगाएर फसाउन खोजियो

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका तत्कालीन अवस्थामा पूर्वमहामन्त्री दिवंगत खुमबहादुर खड्कालाई झुटो मुद्दा लगाएर फसाउन खोजिएको दाबी गरेका छन् ।

दाङको लमही नगरपालिका ९, अमिलियामा (शुक्रबार) कांग्रेसका पूर्वमहामन्त्री दिवंगत खड्काको शालिक अनावरण गर्दै देउवाले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झुटो मुद्दा लगाएर फसाउन खोजिएको बताए ।

उनले दिवंगत नेता खड्का विकासप्रेमी, मिलनसार र जनताले रुचाएका नेता भएको स्मरण गरे । देउवाले खड्काले छाडेर गएका बाँकी काम पूरा गर्ने दायित्व आफूहरु सबैको भएको पनि बताएका छन् ।

खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा २०७४ चैत १६ गते निधन भएको थियो । सालिक अनावरण कार्यक्रममा कांग्रेस नेताहरुले पार्टी र जनतालाई जोड्न खड्काको योगदान अतुलनीय रहेको, अहिले उनको अभाव पार्टीले भोग्नुपरेको टिप्पणी गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement