नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको निर्णय
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने पार्टीको निर्णय प्रदेश संसदीय दलले नमान्ने
चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
नागरिक उन्मुक्ति पार्टीमा भाँडभैलो

कैलाली । सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र भाँडभैलो मच्चिएको छ । प्रदेश सरकार गठनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै पार्टीमा भाँडभैलो देखिएको हो ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

नाउपाले सबै तहका सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णयसमेत गरेको छ । बैठकमा संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको सहभागिता थियो ।

आजको निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराले बताए ।

बुधबारको बैठकमा सुदूरपश्चिम प्रदेश सभाका सातजना प्रदेश सभा सदस्यहरुमध्ये विनाविभागीयमन्त्री लक्ष्मणकिशोर चौधरी र पूर्वराज्यमन्त्री कैलाशी चौधरीको मात्रै सहभागिता थियो । संस्थापक रेशम चौधरी भने जापान भ्रमणमा छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा अहिले नाउपाबाट ४ मन्त्री र एक राज्यमन्त्री छन् । उनीहरु संरक्षक रेशम चौधरीको निर्णयमा मन्त्री बनेका हुन् । एकजना प्रदेशसभा सदस्य कैलाश चौधरी रञ्जिताको निर्णयको पक्षमा छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार बनाउन २७ सांसदको समर्थन जुटाउनुपर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement