पहिचान पक्षधरद्वारा ताप्लेजुङमा योगेश भट्टराईको निवासअगाडि प्रदर्शन

मंसिर १०, २०८० |आनन्द गौतम
पहिचान पक्षधरद्वारा ताप्लेजुङमा योगेश भट्टराईको निवासअगाडि प्रदर्शन

ताप्लेजुङ । पहिचान पक्षधर कार्यकर्ताले नेकपा एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईको निवासअगाडि प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा राष्ट्रिय युवासंघका कार्यकर्ता र पहिचान पक्षधरबीच घम्साघम्सीसमेत भएको छ ।

एमालेका कार्यवाहक जिल्ला अध्यक्ष सन्तोष खतिवडाका अनुसार पहिचान पक्षधरले पार्टी कार्यालयअगाडि पनि प्रदर्शन गरेका छन् ।

पहिचान पक्षधरले कोशी प्रदेश नामको खारेजीको मुद्दा उठाएका छन् । उनीहरुले गत असार १ गते विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।