कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले राजनीतिक अस्थिरता रोक्न संविधान संशोधनबारे सोच्नुपर्ने बेला आएको टिप्पणी गर्नुभएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रहनुभएका नेता लेखकले गृह जिल्ला कञ्चनपुरमा आज आयोजित पत्रकार सम्मेलनमा संविधानका दुर्बल पक्षलाई सुधार गर्न संशोधन आवश्यक रहेकोमा जोड दिनुभयो । संविधान जारी भएको आठ वर्ष पूरा भइसक्दा त्यसको समीक्षा गर्नुपर्ने र आवश्यक ठाउँमा संशोधन गर्नुपर्ने ठहर गरी कांग्रेसले त्यसको नेतृत्व गर्ने दाबीसमेत उहाँले गर्नुभयो ।
सहकारीको बचत अपचलनमा मुछिनुभएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग दोहोर्याउँदै उहाँले छानबिन नहुँदासम्म कांग्रेसले संसद् चल्न नदिने चेतावनीसमेत दिनुभयो ।