सरकार गठनका लागि रास्वपाको परामर्श तिव्र, आज साँझसम्ममा मन्त्रीहरूको नाम तय गर्ने तयारी

१३ गते प्रधानमन्त्रीका रुपमा वरिष्ठ नेता बालेन्द्र शाले सपथ लिने
चैत्र ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकार गठनका लागि रास्वपाको परामर्श तिव्र, आज साँझसम्ममा मन्त्रीहरूको नाम तय गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले सरकार गठनका लागि परामर्श तिव्र पारेको छ। 

शुक्रबार वरिष्ठ नेता बालेन्द्र शाहले प्रधानमन्त्रीको रूपमा सपथ लिने गरी रास्वपाले तयारी बढाएको हो । बिहीबार सांसदहरूले सपथ लिएसँगै सरकारमा सामेल हुने मन्त्रीहरूको नाम तय गर्ने गरी रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह र अन्य नेताहरू परामर्शमा जुटेका हुन् ।

रास्वपाले १५ देखि १८ मन्त्रालय राख्ने र मन्त्रीको नाम बिहिबार साँझसम्म टुंगो लगाउने तयारी गरिरहेको छ। बिहिबार नवनिर्वाचित सांसदहरूको सपथ रहेको छ । त्यसअघि बुधबार जेष्ठ सदस्य कांग्रेसका अर्जुननरसिंह केसीले सांसद पदको सपथ लिनु हुनेछ । 

भोलिपल्ट उहाँले नै बाँकी सांसदहरूलाई सपथ गराउनु हुनेछ । सोही दिन सांसदको सपथपछि दलको नेतामा बालेन्द्र शाहलाई चयन गर्ने तयारी रास्वपाको छ । शुक्रबार प्रधामनन्त्रीका रूपमा बालेन्द्र शालले सपथ लिनु हुनेछ । संविधानको धारा ७६ को १ अनुसार राष्ट्रपतिले प्रधामनन्त्रीको नियुक्त गर्नुहुनेछ ।

प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरू पनि नियुक्त गर्ने तयारी छ । शुब्रबार नै मन्त्रिमण्डल गठन हुने रास्वपाका एक नेताले बताए । विज्ञताको आधारमा मन्त्री बनाउने तयारी रास्वपाको छ । सचिवालयको बैठक बसेर रास्वपाले मन्त्रीको नाम टुंगो लगाउने छ । पार्टीका केही शीर्ष तहका नेता भने सरकारमा सहभागी नहुने बताइएको छ ।

रास्वपाले झन्डै दुई तिहाइ सिट जित हात पारेको छ । प्रत्यक्ष र समानुपातिक गरी १ सय ८२ सिट रास्वपाले जितेको छ । यसैबीच, रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेट गर्नुभएको छ । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्ण रूपमा निकास भएको भन्दै बधाइ दिनुभएको थियो । 

प्रधानमन्त्री कार्कीले पनि रास्वपाले निर्वाचनमा पाएको सफलताका लागि बधाइ दिँदै एकताबद्ध भएर देशवासीलाई निराश हुने ठाउँ नराखीकन काम गर्न सुझाव दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.