
काठमाडौं । गैरआवासीय नेपाली संघ-एनआरएनए को नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता सुरू भएको छ ।
फागुन ३० देखि चैत २ गतेसम्म हुने १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि मनोनयन दर्ता सुरु भएको हो । जेन-जी आन्दोलनपछिको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अनलाइनमार्फत पनि मनोनयन दर्ता गर्न सकिने व्यवस्था मिलाइएको एनआरएनले जनाएको छ ।
दुई वर्षे कार्यकालका लागि अन्तर्राष्ट्रिय महाधिवेशनबाट ७४ पदका लागि भौतिक उपस्थित र अनलाइनबाट उम्मेदवारी दर्ता गर्नसकिने जनाइएको छ । निर्वाचन तालिकाअनुसार फागुन ३० देखि चैत १ गतेसम्म नेपालबाहिर अनलाइन माध्यमबाट मतदान प्रयोजनका लागि अनलाइन मतदान खुला रहेछन् ।
भौतिक उपस्थितिमा अनलाइन माध्यमबाट मतदान प्रयोजनका लागि नेपालभित्र होटल द सोल्टीमा चैत १ गते बिहान १ बजेटबाट साँझ ६ बजेसम्म मतदान हुनेछ । एनआरएनकाअनुसार १२औँ महाधिवेशनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुनेछ । उद्घाटनकै दिन वैदेशिक रोजगार, युवा, महिला, संस्कृति तथा रूपान्तरणलगायत विषयमा चारवटा सत्रमा छलफल हुनेछ ।