सुनसरीका चारवटै क्षेत्रमा २३ हजार मत बदर

फाल्गुन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनसरीका चारवटै क्षेत्रमा २३ हजार मत बदर

सुनसरी । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ सुनसरीका चारवटै क्षेत्रमा गरी २३ हजार ३ मत बदर भएको छ ।

निर्वाचन कार्यालयका अनुसार सुनसरी-१ मा ४ हजार ४ सय ८९ र २ मा ६ हजार २ सय २९ मत बदर भएको छ । यस्तै क्षेत्र नम्बर ३ मा ५ हजार ६ सय ११ र ४ मा ६ हजार ६ सय ७४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । 

सुनसरीमा ५ लाख ८० हजार ९ सय ४५ मतदाता रहेकोमा ३ लाख ६८ हजार ६ सय ५९ मत मात्र खसेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.