धनकुटाबाट प्रतिस्पर्धा गरेका १७ मध्ये १३ जना उम्मेदवारको जमानत जफत

फाल्गुन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
धनकुटाबाट प्रतिस्पर्धा गरेका १७ मध्ये १३ जना उम्मेदवारको जमानत जफत

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनकुटाबाट प्रतिस्पर्धा गरेका १७ मध्ये १३ जना उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचन कानुनमा सदर मतको १० प्रतिशत पुर्‍याउन नसकेका उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । धनकुटामा कुल १ लाख १८ हजार ४ सय २५ मतदातामध्ये ५४ प्रतिशत अर्थात् ६४ हजार ४ सय ९० मत खसेको थियो । जसमध्ये ४ हजार ८ सय ८३ मत बदर भयो । सदर मत ५९ हजार ६ सय ७ थियो । 

जमानत जोगाउन कम्तिमा ५ हजार ९ सय २१ मत चाहिन्थ्यो । कुल सदर मतको १० प्रतिशत ल्याउन नसकेका नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विभत्सु थापा, जनता समाजवादी पार्टी नेपालका आइतराज लिम्बू, नेपाल मजदुर किसान पार्टीका उत्तम साखकर्मी, मंगोल नेसनल अर्गनाइजेसनका सागर राई, राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बालकुमार ताम्ली, नेपाल कम्युनिष्ट पार्टी -(माओवादी) का रविनकुमार राई, जनता समाजवादी पार्टीका निशान राई, आम जनता पार्टीका प्रेमबहादुर थापाले जमानत जोगाउन सकेनन् । 

त्यस्तै स्वतन्त्र उम्मेदवार लाक्पा तामाङ, जितेन्द्र राई र मनकुमार योञ्जनको पनि जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले जानकारी दिनुभयो । धनुकुटामा एमालेका उम्मेदवार राजेन्द्कुमार राई १८ हजार १ सय ३२ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २ सय ५७, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ११ हजार ९ सय ३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले ९ हजार ९ सय ४४ मत प्राप्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.