
कैलाली । कैलालीका चारवटा निर्वाचन क्षेत्रमा जितिसकेको रास्वपाले क्षेत्र नम्बर २ मा केपी खनालको विजयसँगै क्लिनस्विप गरेको छ ।
क्षेत्र नम्बर २ मा खनालले ७ हजार १०८ मतको भारी मतान्तरले प्रतिद्वन्दीलाई हराउँदै विजय हुनुभएकाे हाे । खनालले १९ हजार ५७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी नागरिक उन्मुक्ति नेपालका पतिराम चौधरीले ११ हजार ९ सय ४९ मतमा खुम्चिनुभएकाे हाे ।
यो क्षेत्रमा एमालेका सूर्यबहादुर थापाले ७ हजार ८ सय ८६ मत सहित तेस्रो स्थानमा झर्नुभएकाे छ । जितको दावेदार मानिनुभएका नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २ सय १३ मत प्राप्त गर्रेनुभयाे । नेपाली कम्युनिष्ट पार्टीका नन्दबहादुर साउथले ४ हजार ३ सय ६९ मत ल्याउनुभयाे । यो क्षेत्रमा १ लाख ७ हजार ५७ मतदाता रहेकोमा ५६ हजार ७ सय ७० मत खसेको थियो।