
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाहीमा प्रतिनिधि सभा निर्वाचनको क्रममा आफूले देखेका समस्या समाधान गर्न निरन्तर पहल गरिरहने बताउनुभएको छ ।
सर्लाही-४ बाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकमा सभापति थापाले आफ्नो क्षमताले भ्याएसम्म समस्याको सम्बोधन गर्न पहल गरिरहने बताउनुभएको हो । यस क्षेत्रमा आफूले देखेका समस्या सम्बोधन गर्न, पहल र आफ्नो क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहने थापाले प्रतिबद्धता जनाउनुभएको हो ।
थापाले सर्लाही-४ बाट निर्वाचित भएका डा. अमरेश सिंहलाई बधाइ तथा शुभकामना दिनुहुँदै आफूलाई मत दिने मतदाताप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ ।