स्याङ्जा-२ मा रास्वपाका झविलाल डुम्रे विजयी

फाल्गुन २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्याङ्जा-२ मा रास्वपाका झविलाल डुम्रे विजयी

स्याङ्जा । निकटम प्रतिद्वन्दीलाई ४ हजार ५ सय २४ मतले पछाडि पार्दै स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार झविलाल डुम्रे निर्वाचित हुनुभएकाे छ । 

रास्वपाका डुम्रेले २५ हजार ३ सय ५४ मत ल्याउनुभयाे । उहाँका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका भागवत प्रकाश मल्लले २० हजार ८ सय ३० मत ल्याएर उपविजेता बन्नुभएकाे छ । यस्तै, नेकपा एमालेका उम्मेदवार खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याएर तेस्रो हुनुभएकाे भने, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रेशम विश्वकर्माले ८ सय ४८ मतले चौथो हुनुभएकाे छ ।

स्याङ्जा-२ मा एक लाख १७ हजार ९ सय ३० मतदाता थिए । तीमध्ये ६४ हजार ९ सय २८ मत खसेको थियो । खसेको मतमध्ये ६२ हजार २ सय ६६ मत सदर र २ हजार ६ सय ६२ मत बदर भएको थियो ।  यहाँ १० दल र दुई स्वतन्त्रसहित १२ जना प्रतिस्पर्धामा थिए ।

डुम्रे यसअघि आफ्नै व्यापार विजनेस क्षेत्रमा क्रियाशील हुनुभएकाे थियाे । रास्वपाभन्दा अगाडि कुनै पनि राजनीति दलमा आबद्ध नरहेका उहाँ रास्वपा स्थापनासँगै क्रियाशील राजनीतिमा आउनुभएकाे हाे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.