
धनकुटा । धनकुटा प्रहरीले निर्वाचन सुरक्षा प्रहरीको प्रशिक्षण मिति हेरफेर गरेको छ ।
धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले निर्वाचन प्रहरीको सम्पर्क र प्रशिक्षण तालिका पुनरावलोकन गरिएको बताउनुभयो । निर्वाचन प्रहरीमा उत्तीर्ण भएकाहरूलाई माघ १७ मा सम्पर्कमा लिएर १८ बाट मात्रै प्रशिक्षण सुरू गर्ने गरी नयाँ तालिका प्राप्त भएको जानकारी उहाँले दिनुभयो ।
यसअघिको सूचनामा माघ १२ मा भर्ना छनाेट सकेर १५ देखि २४ सम्म प्रशिक्षण दिने भनिएको थियो । प्रहरी प्रधान कार्यालयबाट नयाँ तालिका प्राप्त भएकाले छनाेट भएकाहरूको सम्पर्क र तालिम मिति हेरफेर गरिएको उहाँले बताउनुभयो । निर्वाचन प्रहरीको नियुक्ति पनि तालिम सुरू हुने मितिदेखि नै लागू हुने उहाँले बताउनुभयो ।