धनकुटामा ट्रक दुर्घटना, चालक घाइते

मंसिर २३, २०८२ |विनोद घिमिरे
धनकुटामा ट्रक दुर्घटना, चालक घाइते

धनकुटा । अरुण तेस्रो जलबिद्युत् आयोजनाको निर्माण सामग्री बोकेर बिराटनगरबाट संखुवासभा जाँदै गरेको ट्रक धनकुटामा दुर्घटनामा भएको छ । को १ ख ७४४८ नम्बरको ट्रक साँगुरीगढी गाउँपालिकाको मालबाँसेमा आज बिहान सडकबाट एकसय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक धनकुटा साँगुरीगढी–१ का २७ बर्षीय आशिष लिम्बु घाइते भएका छन् । घाइते लिम्बुको उपचारका लागि धरानस्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो ।

ट्रक खसेको ठाउँमा सडक एकतर्फि अबरुद्ध छ ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।