जेन-जीको प्रदर्शन तनावग्रस्त बनेपछि बानेश्वर क्षेत्रमा कर्फ्यु

भाद्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जीको प्रदर्शन तनावग्रस्त बनेपछि बानेश्वर क्षेत्रमा कर्फ्यु

काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेन-जी युवाहरुको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमूल आसपासका क्षेत्रमा राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । प्रदर्शनकारीहरु नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्दै अघि बढेपछि अवस्था तनावग्रस्त बनेको थियो । त्यसक्रममा दुवै पक्षबीच झडप भएको थियो भने केही प्रदर्शनकारीहरु संसद् भवनभित्र समेत प्रवेश गरेका थिए । जेन-जीको भीड नियन्त्रणमा लिन प्रहरीले अश्रु्ग्यास प्रहार गरेको थियो ।

माइतीघरबाट गएको र्‍यालीले बानेश्वरमा राखिएको ब्यारीकेड तोडेपछि प्रहरी रक्षात्मक बनेको थियो । प्रहरीले सुरुमा पानीको फोहरा फ्याँकेको थियो भने त्यसले पनि भीड नियन्त्रण नभएपछि अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीहरू संसद् भवनतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेपछि अवस्था झन् तनावग्रस्त बनेको थियो । प्रदशर्नकारीले संसद् भवनलाई चारैतिरबाट घेराउसमेत गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.