मानवअधिकार संरक्षणमा सबैजना संवेदनशील बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल

मंसिर २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
मानवअधिकार संरक्षणमा सबैजना संवेदनशील बन्नुपर्छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सीमान्तकृत वर्ग र समुदायको अधिकार संरक्षणका लागि कानुन निर्माणमा उनीहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

१६ औं मानव अधिकार राष्ट्रिय महाभेलाको काठमाडौंमा उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहालले मानवअधिकार संरक्षणमा सबै संवेदनशील बन्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज र विभिन्न गैरसरकारी संघ/संस्थाहरुको सहकार्यमा ७६ औ विश्व मानव अधिकार दिवसको सन्दर्भमा महाभेला चलिरहेको छ । ‘सामाजिक, आर्थिक तथा बातावरणीय न्यायको आधारः सिमान्तकृत समुदायको मानवअधिकार’ भन्ने नारा सहितको महाभेला सात दिनसम्म चल्नेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.