डढेलो र तुवाँलोले छोप्यो राराको सुन्दरता

वैशाख १८, २०८१ |जे पाण्डे
डढेलो र तुवाँलोले छोप्यो राराको सुन्दरता

पछिल्लो समय देशैभर प्रदूषण बढेको छ । रारा तालसमेत वातावरण प्रदूषणको चेपटामा परेको छ । बढ्दो प्रदूषणका कारण राराको सुन्दरतामा रमाउन त्यहाँ पुगेकाहरु निराश भएर फर्कन थालेका छन् । पछिल्लो समय देशका विभिन्न ठाउँमा लागेको डढेलोका कारण रारालाई धुवाँले छोपेको छ। रारा राष्ट्रिय निकुञ्जका अधिकारी पनि अत्यधिक डढेलो र आगलागीसँगै भारतको राजस्थानमा परालमा लगाउने आगोको धुवाँका कारण रारामा प्रदूषण बढेको बताउँछन् ।

विस्तृत भिडियोमा :


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।