कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैद

बम बिस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा दोषी ठहर
वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैद

रौतहट । रौतहटको राजपुर बमकाण्डमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम दोषी ठहर भएका छन् । रौतहट जिल्ला अदालतले आज आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको हो ।

जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमसँगै मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको फैसला सुनाएको स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिनुभयो । २०७६ असोज २६ मा कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका आलमलाई रौतहट जिल्ला अदालतले कात्तिक १८ मा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

आलम अहिले ललितपुरस्थित नख्खु कारागारमा छन् । पुर्पक्षमा पठाएको करिब ५ वर्षपछि अदालतले मुद्दाको अन्तिम फैसला गरेको हो ।

आलममाथि राजपुर बमकाण्डका घाइते ओसी अख्तर र त्रिलोकप्रताप सिंहसहित अन्य केहीलाई जिउँदै इट्टाभट्टामा जलाएको अभियोग लागेको थियो । संविधानसभाको पहिलो निर्वाचनको एक दिनअघि २०६४ चैत २७ गते आलमका काका सेख इद्रिसको गोठमा विस्फोट भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement