मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैद

वैशाख १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैद

रौतहट । जिल्ला अदालत रौतहटले जिल्लाको राजपुरमा भएको बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

गत २०६४ चैत २७ गते संविधानसभा निर्वाचनका बेला आलमका काका शेष इद्रिसिको गोठमा विस्फोट भएको थियो । सोही विस्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा २०७६ असोज २६ गते आलम पक्राउ परेका थिए ।

उनीमाथि २०७६ कात्तिक १८ गते जिल्ला अदालत रौतहटमा विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले उनीसहित बद्री सहनी, सेख सराजलगायत ४ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रौतहटका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement