कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

कतारका राजालाई सम्मानस्वरुप २१ तोपको सलामी
वैशाख ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपाल आइपुग्नुभएको छ । उहाँलाई राष्ट्रपति पौडेलले त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ ।

उहाँको सम्मानस्वरुप नेपाली सेनाले २१ तोपको सलामी दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राजकीय दुईदिने भ्रमणका लागि नेपाल आउनुभएका कतारी राजा थानीसँग राष्ट्रपति पौडेलको औपचारिक भेट भने शीतलनिवासमै हुनेछ ।

कतारी राजाको सम्मानमा राष्ट्रपति पौडेलले आज राजकीय भोजको आयोजनासमेत गर्नुभएको छ । कतारी राजा पहिलोपटक नेपाल भ्रमणमा आउनुभएको हो ।

कतारी राजाको नेपाल भ्रमणका क्रममा सम्मानस्वरुप सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

सिंहदरबारमा हिजो (सोमबार) बसेको मन्त्रीपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि कतारी राजाले आजै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटका क्रममा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय छ ।

कतारी राजा भोलि (बुधबार) नेपाल भ्रमण सकेर स्वदेश फर्कने कार्यतालिका छ ।

कतारका राजाको भ्रमणका क्रममा नेपाल सरकारले कतारलाई दुईवटा हात्ती उपहार दिनेसमेत तयारी गरेको छ ।

यो पनि...

कतारलाई उपहार दिन लागिएका हात्ती कस्ता ?

कतारी राजाको भ्रमणमा सार्वजनिक बिदा

कतारका राजा नेपाल भ्रमणमा आउँदा सरकारले एक जोडी हात्ती उपहार दिने


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement