बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा दोषी ठहरिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुन र नवीन अछामीले धरौटी रकम नबुझाएपछि कारागार चलान भएका छन् ।
सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले दीपेशलाई चार लाख रुपैयाँ र नवीनलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार दीपेश र नवीनले धरौटी रकम नबुझाएपछि कारागार चलान गरिएको जिल्ला कारागार रूपन्देहीका जेलर जगतबहादुर बस्नेतले कान्तिपुर टेलिभिजनलाई जानकारी दिनुभयो ।
आज (शुक्रबार) भएको थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउने आदेश दिएको थियो ।
त्यस्तै दुर्गा चापागाईं पाण्डेसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २/२ लाख धरौटी माग गरिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिनुभयो ।