काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग उठिरहेका बेला सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एवम् गृहमन्त्री लामिछानेबीच भेटवार्ता भएको हो ।
भेटमा एमाले अध्यक्ष ओलीले लामिछानेमाथि लागेको आरोपबारे चासो राखेको जनाइएको छ । तर, लामिछानेले भने प्रदेशहरूमा देखिएको विवादबारे छलफल भएको र त्यसले गठबन्धनलाई कुनै असर नगर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।