युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

वैशाख ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

काठमाडौं । युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको छ ।

युएईमा दुई दिनदेखि भएको वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जानकारी दिएको छ । सरकारी कार्यलय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासको भनाइ छ ।

पुन भिजिट भिसामा युएई पुगेको दूतावासले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement