डोल्पामा हावाहुरीका कारण रुख भाँच्चिएर लाग्दा एक जनाको मृत्यु

चैत्र १८, २०८० |सरोज थापा
डोल्पामा हावाहुरीका कारण रुख भाँच्चिएर लाग्दा एक जनाको मृत्यु

डोल्पा । डोल्पामा शनिबार आएको हावाहुरीका कारण रुख भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको छ । मुड्केचुला गाउँपालिका वडा-२ होतगाउँका ४० वर्षीय सिद्ध बुढाको मृत्यु भएको डोल्पाका जिल्ला प्रहरी प्रमुख डीएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

घोडामा आलु मल लिएर घर जाँदै गर्दा उनलाई रुख ढलेर लागेको थियो । रुखले च्यापिएर हात र दुबै खुट्टा भाँचिएका बुढाको उपचारका लागि जुम्ला लैजाँदै गर्दा अत्याधिक रक्त श्राबका कारण बाटैमा उनको मृत्यु भएको थियो । बुढसँगै रुखले लागेर उनले लिएर हिँडेका दुई घोडा पनि मरेका छन् । घटानाबारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ । 


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।