काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो

चैत्र १७, २०८० |कान्तिपुर टीभी संवाददाता
काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज विहान त्रिशूली नदीमा खसेको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिनको सिमलधारा छेउबाट ट्याक्सी त्रिशूली नदीमा खसेको प्रहरीले बताएको छ । 

 ट्याक्सीमा ५ जना सवार रहेका थिए । ५ यात्रुमध्ये एक जनालाई नदी छेउबाट उद्दार गरिए पनि ४ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ । ट्याक्सी पूरै नदीमा खसेका कारण उद्दारमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement