कर्णालीमा हामफालेर हराएका लोकेन्द्र शाहीको शव भेटियो

चैत्र १५, २०८० |कान्तिपुर टीभी संवाददाता
कर्णालीमा हामफालेर हराएका लोकेन्द्र शाहीको शव भेटियो

कैलाली । चिसापानीस्थित कर्णाली पुलबाट पौडी खेल्न नदीमा हामफालेर सोमबार दिउँसोदेखि बेपत्ता भएका युवकको शव आज भेटिएको छ । 

लम्कीचुहा नगरपालिका-३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाहीको शव टीकापुर स्थित सनकट्टी घाटमा भेटिएको प्रहरीले जनाएको छ । होलीको दिन रमाइलो गर्ने क्रममा कर्णाली पुलबाट हाम फालेका १७ युवामध्ये उनी वेपत्ता भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement