कर्णाली पुलबाट पौडी खेल्न हामफाल्दा बेपत्ता भएका युवाको खोजी कार्य जारी

चैत्र १३, २०८० |कान्तिपुर टीभी संवाददाता
कर्णाली पुलबाट पौडी खेल्न हामफाल्दा बेपत्ता भएका युवाको खोजी कार्य जारी

कैलाली । चिसापानी स्थित कर्णाली पुलबाट हिजो नदीमा हामफाल्दा बेपत्ता युवाको खोजी कार्य आज पनि जारी छ । हिजो दिउँसो १७ जना युवा पुलबाट नदीमा हाम फालेर पौडी खेलेका थिए । 

तीमध्ये कैलाली लम्कीचुहा नगरपालिका-३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाही नदीमा बेपत्ता भएका हुन् । पुलमा ड्युटीमा रहेका प्रहरीलाई एकछिन फोटो खिचेर आउँछौ भन्दै गएका युवाहरु एकपछि अर्को गरी क्रमश: हाम फालेका थिए ।

कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखीका शाही चिसापानीमा व्यवसाय गर्दै आएका थिए । आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी कार्य सुरु गरेको कैलाली प्रहरी प्रमुख पदम विष्टले बताएका छन् । आवश्यक परे गोताखोर परिचालन गर्ने प्रहरीको तयारी छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.