मोरङको बाबुसाहेब टोलमा आगलागी हुँदा २० भन्दा बढी घर जलेर नष्ट

चैत्र ३, २०८० |सुशीला पाठक
मोरङको बाबुसाहेब टोलमा आगलागी हुँदा २० भन्दा बढी घर जलेर नष्ट

मोरङ । मोरङको बाबुसाहेब टोलमा आगलागी हुँदा २० भन्दाबढी घर जलेर नष्ट भएका छन् । शनिवार अपरान्ह दुई बजेदेखि  सुरू भएको आगलागी अहिलेसम्म पूर्ण नियन्त्रणमा आइनसकेको मोरङ प्रहरी नायब उपरीक्षक रन्जन दाहालले जानकारी दिए ।

आगलागी नियन्त्रण गर्नका लागि सात वटा दमकल प्रयोग गरिएको छ । आगलागीको कारण र क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

क्षति र आगलागी नियन्त्रणबारे विस्तृत जानकारी यो भिडियोमा हेर्नुहोस्


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।