हिमपात र वर्षाले कर्णालीमा हवाई सेवा प्रभावित

माघ १८, २०८० |राजबहादुर शाही
हिमपात र वर्षाले कर्णालीमा हवाई सेवा प्रभावित

मुगु । हिमपात र वर्षाले गर्दा कर्णालीका पहाडी जिल्लामा हवाई उडान प्रभावित भएका छन् ।

मुगु, हुम्ला, जुम्ला, र डोल्पामा गएरातिदेखि वर्षासँगै हिमपात सुरु भएपछि नेपालगन्जदेखि उडान भर्ने निजी तथा सरकारी एयरलाइन्सको हवाई सेवा प्रभावित बनेको हो । नेपालगन्ज क्षेत्रमा बुधबार मध्याह्न १२ बजेसम्म बाक्लो हुस्सोले कर्णालीका पहाडी जिल्ला हवाई उडान प्रभावित बनाएको थियो । बिहीबारदेखि पहाडी जिल्लामा हिमपात र वर्षा हुन थालेपछि उडान ठप्प भएको हो ।

नेपालगन्जदेखि तारा, सीता, समिट एयरलाइन्सले कर्णालीका पहाडी जिल्लामा नियमित उडान भर्दै आएका छन् । हिमपात र वर्षाले नेपालगन्जदेखि हुने हवाई उडान रोकिएको रारा नागरिक उड्डयन प्राधिकरणका प्रमुख सन्तोष गौतमले जानकारी दिए । हवाई सेवा अवरुद्ध भएसँगै तराई झर्ने यात्रु र मुगु, हुम्ला जाने यात्रु विमानस्थलमै रोकिएका छन् ।

यो पनि...

कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात

हुम्लामा हिमपात, बाली सप्रिने किसानको आश


Image

राजबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका मुगु संवाददाता हुन् ।