हुम्लामा हिमपात, बाली सप्रिने किसानको आश

माघ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
हुम्लामा हिमपात, बाली सप्रिने किसानको आश

हुम्ला । हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । गएरातिदेखि मौसममा बदली भई भारी हिमपात भएको हो । यो यस वर्षको दोस्रो हिमपात हो । 

हुम्लामा यस वर्ष गत मंसिर १८ गते पहिलो हिमपात भएको थियो । गत वर्ष भने माघमा मात्र हिमपात भएको थियो । हिमपात भएसँगै हुम्लामा अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । 

हिमपातले हुम्लाको एक मात्र हवाई सेवा पनि अवरुद्ध भएको छ । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिकाको लिमी, यारी, चाला क्षेत्रमा भारी हिमपात भएको हो । 

लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसान हिउँ पर्न थालेपछि खुसी भएको नाम्खा गाउँपालिका १ का धिंगाका कटक लामाले बताए । हिउँदे वर्षा र हिमपातले पशुपालनलाई असर गरे पनि बालीनालीको उत्पादनमा सहयोग पुग्छ ।

लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ। बाक्लो हिउँका कारण उत्तरी हुम्लाको जनजीवन कष्टकर बनेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.