राष्ट्रिय सभा चुनाव : कोशीमा ३५ प्रतिशत मत खस्यो

माघ ११, २०८० |सुशीला पाठक
राष्ट्रिय सभा चुनाव : कोशीमा ३५ प्रतिशत मत खस्यो

विराटनगर । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा पनि मतदान जारी छ । कोशीका प्रदेश सभामुख अमरबहादुर विष्ट, मुख्यमन्त्री केदार कार्की र पूर्वमुख्यमन्त्री उद्धव थापाले मतदान गरिसकेका छन् ।

निर्वाचन कर्मचारी नवराज पौडेलले जानकारी दिएअनुसार अहिलेसम्म यहाँ ३५ प्रतिशत मत खसेको छ । 

कोशी प्रदेशमा प्रदेश सभा सदस्य ९३ जना र स्थानीय तहका प्रमुख, उपप्रमुख २ सय ७४ गरी ३ सय ६७ जना मतदाता छन् ।

यो पनि...

राष्ट्रिय सभा चुनाव : लुम्बिनीमा १२८ मत खस्यो


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।