राष्ट्रिय सभा चुनाव : लुम्बिनीमा १२८ मत खस्यो

माघ ११, २०८० |अमर क्षितिज भण्डारी
राष्ट्रिय सभा चुनाव : लुम्बिनीमा १२८ मत खस्यो

दाङ । राष्ट्रिय सभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मतदान जारी छ । बिहानको पौने १० बजेसम्म लुम्बिनीमा १२८ मत खसेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत दुई सिटका लागि यहाँ अहिलेसम्म ४१ प्रतिशत मत खसेको छ । महिलातर्फ एक जना र अन्यतर्फ एक गरी दुई सिटका लागि लुम्बिनीमा ६ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

८७ जना प्रदेशसभा सदस्य र दुई सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३०५ जना मतदाता रहेकोमा लुम्बिनी प्रदेशमा अहिलेसम्म स्थानीय तहतर्फ ९४ र प्रदेशसभातर्फ ३४ मत खसेको हो ।

सत्ता गठबन्धनकातर्फबाट महिला कोटामा नेपाली कांग्रेसकी विष्णुदेवी सापकोटा एमालेबाट तुलसा केसी र राप्रपाबाट विजयालक्ष्मी सिंह र अन्य कोटामा गठबन्धनबाट माओवादीका झक्कु सुवेदी, एमालेबाट झपेन्द्र बहादुर घर्ती क्षेत्री र जनमत पार्टीका बाल गकोविन्द चौधरी चुनावी मैदानमा छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यस प्रदेशमा मतदान सुरु गरेका हुन् ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।