चितवनमा बैकाल टिल देखियो

माघ ४, २०८० |मनोज पौडेल
चितवनमा बैकाल टिल देखियो

कपिलवस्तु । चितवनको नवलपुर क्षेत्रमा पहिलोपटक नेपालमा अति कम देखिने बैकाल टिल देखिएको छ ।

नेपाली नाम बैकाल गैरी रहेको फिरन्ते प्रजातिको यो चराको एक जोडी (भाले पोथी) देखिएको हो । चरा गणनाका क्रममा चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत कावासोती नगरपालिकास्थित नमुना मध्यवर्ती सामुदायिक वन हुँदै बगेको नारायणी नदीको उत्तरी भंगालोमा देखिएको चराविद् डीबी चौधरीले जानकारी दिए ।

यसअघि नेपालमा यो चरा सातपटक मात्र देखिएको थियो । बढीमा ३/४ साता बसेर यो चराको पूर्वी साइबेरिया फर्कने चराविद् हेमसागर बरालले बताए । यो चराको भाले निकै मनमोहक र आकर्षक हुन्छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।