बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा खेत जोतिरहेका किसानको मृत्यु

मंसिर २३, २०८० |राजेश्वर पाण्डे
बिजुलीको तार चुँडिएर करेन्ट लाग्दा खेत जोतिरहेका किसानको मृत्यु

रौतहट । रौतहट जिल्लामा बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका एक किसानको मृत्यु भएको छ ।

माधवनारायण नगरपालिकाको वडा नम्बर ७ मा स्थानीय बैजुलाल पण्डितले खेत जोतिरहेको अवस्थामा ११ केभीको तार चुँडिएर खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेत जोतिरहेको अवस्थामा करेन्टसहितको तार पण्डितमाथि खसेको थियो । उक्त करेन्ट लागेर उनीसँगै खेत जोतिरहेको एउटा गोरु पनि मरेको छ ।

बिहान पौने १२ बजेको समयमा उक्त घटना भएको प्रहरीले जनाएको छ । पहिलेदेखि नै बिजुलीको सर्ट भएर त्यहाँ आगो बल्ने गरेको तर विद्युत प्राधिकरणको लापरबाहीले समयमै मर्मत नहुँदा घटना भएको स्थानीयको आरोप छ। 

विद्युत प्राधिकरणले तत्कालका लागि मृतकका परिवारलाई किरिया खर्च वापत् १५ हजार रुपैयाँ दिने र क्षतिपूर्ति उपलब्ध गराउने बताएको छ ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।