डोल्पामा राष्ट्रिय परिचय पत्र वितरण सुरु

आश्विन २०, २०८० |सरोज थापा
डोल्पामा राष्ट्रिय परिचय पत्र वितरण सुरु

डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाले राष्ट्रिय परिचय पत्र वितरण थालेको छ । 

बिहीबारदेखि जिल्ला प्रशासन कार्यालय डोल्पाले पहिलो पटक नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरेको हो । जिल्लाबाटै अनलाइन फारम  भरेका नागरिकहरूका छापिएर आएका राष्ट्रिय परिचय पत्र ४ जनालाई बिहीबार वितरण गरिएको हो । 

२०७७ मङ्सिर ८ गतेमा अनलाइन मार्फत फारम भरेका उनीहरूले करिब ३ वर्षपछि राष्ट्रिय परिचय पत्र पाएका हुन् ।

डोल्पा जिल्लाबाट हालसम्म ६ हजारले अनलाइन फारम भरेकोमा ३ हजार ८ सय जनाको परिचय पत्र छापिएर जिल्लामा आइपुगेको प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले जानकारी दिए ।

संघीय राजधानी पुगेर लाइनमा बसेर ल्याउनु पर्ने राष्ट्रिय परिचय पत्र जिल्लाबाट लिन पाउदा खुशी लागेको राष्ट्रिय परिचय पत्र लिन आएका सेवाग्राही डिलप्रसाद रोकायाले बताए ।

रोकायाले भने, ‘अब काठमाडौं जान पर्दैन । राष्ट्रिय परिचय पत्र र राहदानी जस्ता कुरा जिल्लाबाट लिन पाइन्छ । सरकारले यो सेवा प्रभावकारी बनाएको छ ।’


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।