भोटाहिटीस्थित आरके मिठाई पसलमा लाग्यो महानगरको ताल्चा (भिडियो)

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
भोटाहिटीस्थित आरके मिठाई पसलमा लाग्यो महानगरको ताल्चा (भिडियो)

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले भोटाहिटीस्थित आरके मिठाई पसलमा ताल्चा लगाएको छ ।

महानगरले पहिलेनै बन्द गराएको उक्त मिठाई पसल त्यसका धनीले अटेर गरेको भन्दै ताल्चा लगाइएको हो । महानगरका अनुसार नक्सामा उक्त मिठाइ पसल रहेको ठाँउ गोदाम भनिएको छ ।

केहि दिन पहिले नै नगर प्रहरीले सो पसल बन्द गराएको भएपनि अटेरी गरी पुनः संचालन गरेको हुनाले जनप्रतिनिधिको रोहवरमा मंगलबार ताल्चा लगाइएको हो । पसलमा ताल्चा लगाइएपछि विवाद उत्पन्न भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement