देशभर झन्डै ३ सय ठाउँमा डढेलो

वैशाख १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
देशभर झन्डै ३ सय ठाउँमा डढेलो

काठमाडौं । देशभर शुक्रबार झण्डै तीन सय स्थानमा डढेलो लागेको छ ।

बर्दिया, डडेल्धुरा, दाङ, डोटी, कैलाली, सल्यान, सुर्खेत, प्युठान लगायतका जिल्लाका धेरै ठाउँमा डढेलोका घटना रेकर्ड भएको वन तथा भू-संरक्षण विभागले जनाएको छ । 

डढेलो पहिचान तथा अनुगमन प्रणालीले डढेलो लागेको घटनाबारे तथ्यांक दिने गरेको छ । संखुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, दोलखाको गौरीशंकर संरक्षण क्षेत्र ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा डढेलोका घटना रेकर्ड भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.