बाग्लुङ । जङ्गलमा लागेको डढेलो निभाउने क्रममा बाग्लुङको तमानखोलामा शुक्रबार एक जनाको मृत्यु भएको छ ।
सिलगुमस्थित जंगलमा लागेको डढेलो निभाउने क्रममा सोही ठाउँका ४८ वर्षका देवसिंह कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । डढेलो निभाउन खोज्दा अरु दुईजना घाइते भएका छन् । सो डढेलोले पाँच घर जलेर नष्ट भएका छन् ।