अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बस्दै

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
अपराह्न ४ बजे मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद बैठक आज अपराह्न चार बजे बस्दै छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बस्ने छ ।

बैठकमा सुरक्षा अधिकारीहरुको बढुवालगायतका विषयमा छलफल हुने स्रोतले बताएको छ ।

डेढ महिना नपुग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

आइतबार राति रास्वपाबाट मन्त्री बनेका तीन जनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका थिए ।

नागरिकता विवादका कारण पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेजसँगै उपप्रधान तथा गृहमन्त्री पदसमेत गुमेपछि सरकारमा पुनः फर्किने लामिछानेको प्रयास विफल हुँदा सरकारबाटै बाहिरिने निर्णय गरेको हो ।

आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन यथावत राख्दै सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement